राजनीति

आजपा पार्टीको आरोपः गौर हत्याकाण्डका हत्यारालाई जोगाउन रौतहटका सत्तारुढ दल एकजुट भए

Banner

काठमाडौं, साउन १०-

गौर हत्याकाण्डका हत्यारालाई जोगाउनका रौतहटका सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आम जनता पार्टी (आजपा)को आरोप छ । मंगलबार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उक्त पर्दशनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आजपाले आपत्ति जनाएको छ ।

आजपाले गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग समेत गरेको छ ।

‘आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका विभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकित भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ ।’

आजपा प्रवक्ता चन्द्रभुषण साह विज्ञप्ति निकालेर सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर प्रदर्शन भएको बताएका छन् ।

‘यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरै पनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चुनौती दिन चाहन्छ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘‘गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसँग जोडदार माग समेत गर्दछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>