राजनीति

राप्रपाले सुन तस्करी प्रकरणमा संसद अवरोध गर्ने, गृहमन्त्रीको राजीनामा नमाग्ने

Banner

काठमाडौं,साउन १०-

राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा संसद अवरोध गर्ने भएको छ। तर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नमाग्ने राप्रपाको भनाइ छ।

ुहामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ,राप्रपामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, हामी गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने पक्षमा छैनौँ। राप्रपाले सुन छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा फोन गरेका भनिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोरालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने माग अघि सारेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>