राजनीति
सुन तस्करीमा राजनीतिक व्यक्तिको बचाउमा वामदेव

काठमाण्डौँ, साउन ६
पूर्वगृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सुन तस्करीमा राजनीतिक व्यक्तिहरुको संलग्नता नरहेको जिकिर गरेका हुन् ।
‘सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्, त्यस्तो भएमात्रै मन्त्री, प्रधानमन्त्री मुछिन सक्छन् नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन् । सुन आओस् कि अरु विषय आउन् त्यसमा सिधै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जोडिने हुँदैन’ उनले भने ।
गौतमले हालै त्रिभुवन विमानस्थलबाट ल्याइएको १०० किलो सुन राजस्व अनुसन्धान विभागले फेला पारेको घटनामा राजनीतिक संलग्नता नहुन सक्ने बताए । सुन तस्करले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सार विभागका कर्मचारीबीच सेटिङ मिलाएर सुन ल्याउने गरेको हुन सक्ने उनले बताए ।
‘



























