राजनीति

संघीय व्यवस्था माथि नै प्रश्न उठ्न थालेको छः सभामुख घिमिरे

Banner

काठमाडौँ, साउन ५-

सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन। आज (शुक्रवार)संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयताको विषयमा प्रश्नहरु उठ्न थालेको बताएका हुन।

उनले सङ्घीयता उचित भएन र सङ्घीयताले जनताको आवश्यकता पूर्ति भएन भन्ने टीकाटिप्पणी हुन थालेको बताए। सभामुख घिमिरेले संविधानको यो व्यवस्था माथि नै छलफल हुनुपर्ने माग समेत आउन थालेको भन्दै संघ र प्रदेश सभाहरूले जनआंकाक्षा अनुरूपको ऐन, कानुन बनाउनुपर्ने बताए। उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जनताले चाहेको व्यवस्था हो र यो व्यवस्था राष्ट्रको हीतमा छ भन्ने कुरा तीनै तहको सरकारले स्थापित गराउनुपर्ने बताए।

उनले जनताको अपेक्षा पूरा गर्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए। जनपक्षिय कानुन बनाउनका लागि संघ र प्रदेश सभा र सांसदहरू सृजनशील हुनुपर्ने बेला आएको बताए। प्रदेश सभाका सभामुखहरूले सभालाई ठिक ढंगले सञ्चालन गर्नु पर्नेमा उनले जोड दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>