चितवन विशेष

चितवनमा काँग्रेसले भोलिदेखि सदस्यता वितरण सुरु गर्ने

Banner

चितवन, साउन ५-

नेपाली कांग्रेसले चितवनमा भोलि (शनिवार)देखि संगठन विस्तारको अभियान सुरु गर्दैछ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार ४२ औं विपी जयन्तीको अवसर पारेर सदस्यता वितरणको अभियान सुरु गर्न लागेको हो ।

शनिवार विहान ११ बजे उकै साथ विपीको फोटोमा माल्यापण गरेर सुरुवात गरिने बताइएको छ । कांग्रेसको क्रियाशील सदस्यता नविकरण सम्बन्धि ९८ वटै वडा कार्यसमितिलाई गरिएको कांग्रेस चितवनका सचिव धुव्रराज पोखरेलले बताउनुभयो । सदस्यता वितरण र क्रियाशिल सदस्यता नविकरणलाई प्रभावकारी र ब्यस्थित गर्न निर्देशन गरिएको पोखरेलले बताउनभुयो ।

सदस्यताको फारम वडा तहमा पुगिसकेको छ । यसपटक जिल्ला प्रतिनिधिको रोहवरमा मात्रै नविरण गर्ने नियम राखिएको छ । नविकरण सकेपछि साउन २० गते सबै वडाले वडा सम्मेलन गर्नेछन् ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै सदस्यता लिन सक्नेछन् । सदस्यता लिएो एक वर्षपछि मात्रै क्रियाशिल सदस्यता पाउने प्रावधान गरिएको छ । क्रियाशील सदस्यता नविकरण भने दुई वर्षको एकैपटक गर्नुपर्ने नियम राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>