राजनीति

सुन प्रकरणमा एमाले अध्यक्ष ओलीसँगै गृहमन्त्रीको पनि संलग्नता छ, राजीनामा माग्न जाऔंः जीतजंग

Banner

काठमाडौँ, साउन ५-

सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले मुछेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महराको नाम आएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई बधाई दिन गएको सन्दर्भ निकाल्दै उनले भने, ‘केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>