राजनीति
गगन थापाले पेस गरेको प्रतिवेदन एनजीओको जस्तोः आरजू राणा
०

काठमाडौं,साउन ५-
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन दूरगामी असर पर्ने खालको नभएको टिप्पणी गरेकी छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो भनाइ राख्दै देउवाले भनिन, ‘महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने, हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ। म अच्चमित पनि भएँ, किन भने महामन्त्रीले ल्याउनुभएको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो त ? त्यो कुरा क्लियर भएन।’ उनले ३–४ वटा ठोस कार्यक्रम तय गर्न र त्यसको उपलब्धि हुनुपर्ने सुझाव दिइन्। उनले सुशासनतर्फ पार्टी अघि बढ्न जरुरी रहेको बताइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























