राजनीति

कांग्रेस बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

Banner

काठमाडौं, साउन ५–

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। तीन दिनदेखि जारी बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ।

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो। तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो। संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाणको बचाउमा उत्रिएका थिए। इतर समूहले भने खुलेरै त्यसको विरोध गरेको थियो।

उनीहरुले पार्टी पदाधिकारीबीच देखिएको फरक मतले पार्टी बलियो हुन नसक्ने बताए। त्यस्तै प्रदेश सभापतिहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखे। अधिकांश सदस्यले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरुप चल्न नसकेको धारणा राखे।

त्यस्तै केही नेताहरुले कोशी प्रदेश नामकरणमा पार्टीले आधिकारिक धारणा नबनाएको भन्दै प्रश्न गरे। यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानुपूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरुको जोड थियो।

बैठकमा सह(महामन्त्रीहरुलाई जिम्मेवारी नदिइएको, भ्रातृ संस्थाहरुलाई पार्टीले मरणासन्न अवस्थामा पुर्‍याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हावी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायत विषय औंल्याएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>