राजनीति
गगन-विश्वलक्षित उमेश श्रेष्ठको टिप्पणी: आपसी हिलो छ्यापेर मात्रै हुँदैन, जिम्मेवारी नभुलौँ
०

काठमाडौं, साउन ४-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कुरा मात्रै नभएर काम गर्न आग्रह गरेका छन्।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले भने, ‘आपसी हिलो छ्याप्नुभन्दा अबको दिनमा जिम्मेवारी नभुलीकन जो ठुलो पदमा बस्छ उसको मर्यादा र जिम्मेवारी पनि बुझौँ। मिडियामा जुन कुरा गर्छौ त्यही अनुसार कार्य गरौँ फरक नगरौँ। जुन कुरा बैठकमा गर्छौँ त्यही कुरा मिडियामा लैजाऔँ। आफ्नो स्वार्थको लागि विधि र विधान मिच्ने ? अनि नमिल्ने विधि र विधान मिच्यो भनेर चर्को आलोचना गर्नुको अर्थ हुँदैन। भाषण कम गरेर काम गरौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























