राजनीति
कांग्रेस बैठकमा अजयबाबुको प्रश्न: बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’
०

काठमाडौं, साउन ४-
नेपाली कांग्रेसको बैठकमा सदस्य अजयबाबु शिवाकोटीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ ।
‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’ शिवाकोटीले बैठकमा भने, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’
भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताएका छन् । ‘सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























