राजनीति

विदेशमा गएकाहरूलाई फर्काउँछौं भन्नेहरू राजनीतिमा उदाएपछि देश छाड्नेहरू बढेः पोखरेल

Banner

काठमाडौं, साउन २-

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशमा गएकाहरूलाई देश फर्काउँछौं भन्नेहरू राजनीतिमा उदाएपछि देश छाड्नेहरू बढेको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिमा आएपछि विदेशिने बढेको भन्दै यसको जिम्मेवारी एमालेले लिनुपर्ने हो भनेर प्रश्न गरेका हुन्।

‘नेकपा (एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा (एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्छ,’ उनले भनेका छन्, ‘तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा (एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो।’

उनले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठीक र बेठीक छुट्टयाउनेगरी समस्याको समाधानका लागि छलफल–बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>