चितवन विशेष

चितवनका पत्रकार देवकोटालाई ५० हजार राशीको गंगा ज्योति स्मृति पुरस्कार

Banner

चितवन, साउन १-

चितवनका पत्रकार सन्तोष देवकोटाले ५० हजार राशीको गंगा ज्योति स्मृति पुरस्कार प्राप्त गरेका छन् ।

परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्वैत संस्थाका केन्द्रिय सभापति एवम् प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा स्थापित गंगा–ज्योति स्मृति पुरस्कारबाट पत्रकार देवकोटालाई नगदसहित पुरस्कृत गरिएको हो ।

डा. क्षितिज चन्द्र चक्रवर्तीवाट स्थापित अद्वैत संस्थाको काठमाडौं–२८ स्थित केन्द्रीय कार्यालयमा आयोजित गुरु आमा जयन्ती महासत्संग समारोह–२०८० को अवसरमा सो पुरस्कार बितरण गरिएको हो । अद्धैत संस्थाका केन्द्रिय सभापति अनन्तलाल सरस्वतीले उक्त पुरस्कार २०७३ सालमा स्थापना गरेका थिए । चितवनवाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक रहेका देवकोटा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>