चितवन विशेष
बलात्कार मुद्दामा दोषी ठहर भएका व्यक्ति २५ वर्षपछि पक्राउ
०

चितवन, असार २९–
चितवन प्रहरीले जबरजस्ती करणी सम्बन्धी मुद्दामा दोषी ठहरिएर सजाय पाएका एक व्यक्तिलाई २५ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–८ का ६६ वर्षीय रामचरण प्रसाद गौतम रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले पर्सा प्रहरीको सहयोगमा हिजो (बिहीबार) वीरगंजबाट पक्राउ गरेको हो । पक्राउ परेका गौतमलाई आजै चितवन जिल्ला अदालतमा उपस्थित गराइएको चितवन प्रहरीले जनाएको छ ।
चितवन जिल्ला अदालतले २०५५ जेठ ६ गते जबरजस्ती करणी सम्बन्धी कसुरमा ३ वर्ष ११ महिना ६ दिनको कैद सजाय तोकेको थियो । गौतमले उक्त सजाय भुक्तान नगरी फरार रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























