खेलकुद

अतिरिक्त समयमा सावित्राले गोल गरेपछि नेपाल हारबाट जोगियो

Banner

काठमाडौँ, असार २८–

थपिएको अतिरिक्त समयमा सावित्रा भण्डारी साम्बाको गोलमा नेपाल हारबाट जोगिएको छ । बंगलादेशविरुद्ध आज (बिहिबार) १–० ले पछि परेको अवस्थालाई उल्टाउने क्रममा सावित्राले ४ मिनेट थपिएको इन्जुरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाएकी हुन् ।

त्यससंगै नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको छ । यसअघि केहि महिना अघि भारतविरुद्ध २–० ले पछि परेको खेलमा सावित्राले २ गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । राष्ट्रिय टोलीबाट सावित्राको त्यो ४४ औं गोल हो ।

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा कप्तान सविना खातुनको गोलबाट बंगालदेशले अग्रता लिएको थियो । ६५ औं मिनेटमा उत्कृष्ट तालमेलसहित सविनाले पेनाल्टी बक्सबाट गोल गरेकी थिइन् ।

गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछिको पहिलो भेटमा नेपाली टोलीले हार बेहोरेको थियो । त्यति बेला पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>