घटना -दुर्घटना
हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु भएका ६ जनाकै शव भेटियो, काठमाडौं ल्याउने तयारी
०

काठमाडौं, असार २६-
सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको हो । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















