खेलकुद

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

०
Banner
जुम्ला, कात्तिक १–
घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम हुनुभएको छ । स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा घोडा दौड प्रतियोगिता भएको हो ।
यस वर्ष २४ प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा दिलीप बोहोरा दास्रो र अर्जुन बस्नेत तेस्रो हुनुभएको कर्णाली कला तथा संस्कृति संरक्षण मञ्चका महासचिव आनन्द अधिकारीले जानकारी दिनुभयो ।
आयोजक चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको नगरप्रमुख कठायतको भनाइ छ ।
यहाँका घोडाको संरक्षण गर्नुका साथै पहिचान स्थापित गरी पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले घोडा दौड प्रतियोगिता यहाँको कला–संस्कृतिसँग जोडिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बढ्थापाले बताउनुभयो ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार राशि पुरस्कार प्रदान गरिने कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाले जनाएको छ ।
बडादसैँको उपलक्ष्यमा घोडा दौड प्रतियोगिता हुने गरेको विमानस्थलमा कालोपत्र गरिएपछि  चन्दननाथको राजासिममा आयोजना गर्न थालेको नगरप्रमुख कठायतले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>