खेलकुद

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

Banner

काठमाडौँ,असार २६-

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीका रुपमा लिएको छ ।

सहभागी नेपाली महिला फुटबल टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे र अञ्जली वाइवा छन् ।

मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रिति राई र दीपा शाही छन् भने फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल छन् । मुख्य प्रशिक्षकमा अनन्तराज थापा र सहायक प्रशिक्षकमा पारस चौधरी र गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>