देश/प्रदेश
सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादी शीर्ष नेताहरू भारत भ्रमणमा जाँदै
०

नयाँदिल्ली,असार २१-
नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् । सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा नेताहरू भारत जान लागेका हुन् ।
भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।
भाजपा विदेश विभागद्वारा आयोजित ‘ ‘Know BJP initiatives’’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणामा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन् ।
विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























