राजनीति

जनतालाई सुखी बनाउने जिम्मेवारी कम्युनिष्ट पार्टीको भएकोले अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छः नेपाल

Banner

काठमाडौं, असार १७-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज भक्तपुरमा सम्बोधन गर्दै नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी रहेको बताए । उनले भने, ‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ । जसका लागि सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । कमरेड प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो, यस बारेमा अझै पनि गम्भीर चिन्तन मनन गरेर के गर्दाखेरि जनताका वेदना र दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>