राजनीति

हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छः प्रचण्ड

०
Banner

पोखरा, असार १६-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन्। शनिबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर हुँदा अहिलेसम्मका परिवर्तन नै कमजोर हुने महशुस गर्दै पूर्वमाओवादीहरूबीचको एकताबारेको छलफललाई बृहत् पारिएको बताए।

‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले पार्टीलाई राम्रो बनाउन नयाँ ढंगले सोचेको पनि बताए। ‘हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>