राजनीति

अझैपनि सपनामा एमालेकै नाममा भाषण गरेको देख्छुः समाजवादी नेता राजेन्द्र

Banner

काठमाडौं, असार १४-

कोशी प्रदेशका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सपनामा पनि एमाले पार्टीकै नेताका रूपमा भाषण गरेको देख्ने बताएका छन्।

बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले एमालेले निरन्तर पेलेकाले पार्टी नै छोड्नु परेकाले समर्थन गर्न नसकिने बताएका हुन्।

‘हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले। हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ। त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ। त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन। बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन्,’ उनले भने।

पूर्व मुख्यमन्त्रीसमेत रहेका एमालेले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपछि निस्कनुको परेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>