राजनीति

समलिंगी विवाहले विकृति ल्याउँछ, सर्वोच्चको आदेश त्रुटिपूर्णः कमल थापा

Banner

काठमाडौं, असार १४-

राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापाले समलिंगी विवाहका विषयमा सर्वोच्च अदालतको पछिल्लो आदेशको आलोचना गरेका छन् । समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने उनको टिप्पणी छ ।

राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतकोआदेशलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्वन्ध हो । समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ । सर्वोच्चले दिएको आदेश त्रुटिपूर्ण छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>