राजनीति

संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा‌ डुबायो : धर्मेन्द्र बास्तोला

Banner

सुर्खेत, असार १४–

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा‌ डुबाएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले देशमा ठुलो सङ्कट आएको र यसको कारक दलाल पुँजीवादी‌ सत्ता भएको बताए ।

संसदीय व्यवस्था स्थापना भएपछि उद्योग कलकारखाना बन्द भएको र विभिन्न भ्रष्टाचारका काण्डहरू घटेको बताए । लामो समयदेखि भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखिएको भन्दै उनले यो प्रकरणमा विभिन्न शीर्ष नेताहरू जोडिए पनि उनीहरूलाई उन्मुक्ति दिइएको आरोप लगाए ।

उनले भने, ‘ललिता निवास प्रकरणमा एमालेका ठुला नेता जोडिएका छन् । सरकारमै रहेका मन्त्रीहरू पनि तमाम भ्रष्टाचारका विषयमा जोडिएका छन्। दलाल पुँजीवादी‌ संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचार नियन्त्रण हुन सक्दैन, देश उँभो लाग्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>