राजनीति

ललिता निवास प्रकरणमा भूरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस्: सांसद खतिवडा

Banner

काठमाडौं, असार १३-

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास जग्गा प्रकरणमा ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले उक्त प्रकरणमा साना व्यक्तिहरू समातिन थालेको बताउँदै ठूला व्यक्तिहरू समातिनेमा शंका व्यक्त गरेका हुन्।

‘ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो,’ उनले भने, ‘ठूला ४ आना, ८ आना, ३२ आनाका माछाहरू पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस्। भूरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>