राजनीति
बजेटबारे निर्णय लिन जसपा संसदीय दलको बैठक बस्दै
०

काठमाडौं, असार १३-
बजेटबारे निर्णय लिन जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १२ बजे बस्ने तय भएको जसपाका सांसद राजकिशोर यादवले जानकारी दिए। जसपाले बजेटप्रति असन्तुष्टि पोख्दै आएको छ।
बजेट सच्याउन माग गरिरहेको उसले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतसँग जवाफ पनि माग गरेको थियो। मंगलबार अर्थमन्त्री महतले जवाफ दिएका थिए।
त्यसबाट हुन नसकेको जसपाका सांसदहरूले बताए। आज प्रधानमन्त्री प्रचण्डले गुनासोको सम्बोधन गरे पक्षमा भोट हाल्न सहज हुने उनीहरूको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























