भरतपुर

११ महिनामा भरतपुर महानगरको विकास खर्च ३५ प्रतिशत मात्रै

Banner

चितवन, असार १२–

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भरतपुर महानगरपालिकाको पुंजीगत खर्च ३५ प्रतिशत मात्रै भएको छ । पुंजीगत बजेटलाई विकास बजेटका रुपमा लिने गरिन्छ । महानगरको १३औँ नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले जेठ मसान्तसम्म चालु तर्फ ६५ प्रतिशत र पुंजीगत तर्फ ३५ प्रतिशत खर्च भएको जानकारी दिए ।

यस आवको लागि चालु शीर्षकमा २ अर्व ६६ करोड १० लाख १९ हजार रुपैयाँ विनियोजन भएकोमा २०८० जेठ मसान्तसम्म १ अर्व ७५ करोड ५८ लाख ८८ हजार अर्थात ६५ प्रतिशत र पुँजीगततर्फ ३ अर्व ५५ करोड ९ लाख ५५ हजार विनियोजन भएकोमा १ अर्व २१ करोड ९१ लाख ६९ हजार अर्थात ३५ प्रतिशत खर्च भएको देखिन्छ ।

चालु र पुंजीगत गरी कुल खर्च जम्मा २ अर्ब ९८ करोड ५ लाख रुपैयाँ अर्थात ४८ प्रतिशत भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म चालु खर्च ६१ प्रतिशत तथा पुँजीगत खर्च ३५ प्रतिशत रहेको अधिकारीले बताए । महानगरले यस आवमा पनि पुंजीगत खर्च ३५ प्रतिशत कटाउन नसकेको देखिन्छ ।

संघीय र बागमती प्रदेश सरकारको सशर्त, समपुरक र विशेष अनुदान गरी एकमुष्ट १५ करोड रुपैयाँ फ्रिज हुने महानगरको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>