देश/प्रदेश
पुल नापजाँच गर्ने गएका इन्जिनियरिङका विद्यार्थीलाई नदीले बगायो
०

धनकुटा, असार ९-
धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा एक जना इन्जिनियरिङलाई तमोर नदीले बगाएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका २३ वर्षीय सिद्धार्थकुमार खत्रीलाई तमोर नदीले बगाएको हो ।
सहिदभूमि गाउँपालिका–१ सफाई र साँगुरीगढी गाउँपालिकाको दिलुङटारमा तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ । त्यही पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा शुक्रवार साँझ खत्रीलाई तमोर नदीले बगाएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।
खत्री काठमाण्डौको थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ । दुई दिन अघि मात्र क्याम्पसबाट ६ जनाको टोली सिभिल इन्जिनियरिङको प्रयोगात्मक अभ्यासका लागि धनकुटा आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























