देश/प्रदेश
पुलको बाटो घुमाउरो भन्दै छोटो बाटो जान खोज्दा खोलाले बगाएर किशोरीको मृत्यु
०

दैलेख, असार ९-
दैलेखमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १६ वर्षीया उर्मिला कठायतको मृत्यु भएको हो ।
गएराति गहुँ पिस्न घट्टमा बास बसेकी ती किशोरी झोलुङ्गे पुलबाट घुमाउरो पर्ने ठानेर छोटो बाटोका लागि भूतगाढ खोला तर्न लाग्दा खोलाले बगाएको ठाँटीकाँध प्रहरी जानकारी दिएका छन् ।
घट्ट नजिकैबाट खोला तर्न लागेकी ती किशोरीलाई खोलाले बगाएर झण्डै २ सय मटिर टाढा खोलाको किनारामा पर्याएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























