देश/प्रदेश

८ किलो यार्सागुम्बासहित एक महिला र अटो चालक प्रकाउ

Banner

विराटनगर, असार ८-

इटहरी प्रहरीले दुर्लाभ वनस्पति यार्सागुम्वा अवैध रुपमा ओसार पसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

८ किलो यार्सागुम्बा सहित सुनसरी धरान ३ की छजुङ्ग भोटेलाई प्रहरीले पक्राउ गरेको हो । सुनसरीको तरहरास्थित कोशी सडक खण्डमा चेकजाँच गर्ने क्रममा भोटेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यार्सागुम्बा ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले को २ हा १०७ नम्बरको अटो र चालक पुष्पराज राईलाई समेत प्रहरीले निन्त्रणमा लिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>