देश/प्रदेश
छात्रालाई यौन दुर्व्यवहार गर्न र मार्ने धम्की दिने विद्यालयका प्रशासन प्रमुख पक्राउ
०

दाङ, असार ८-
दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् ।
१६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।
त्यसअघि छात्राले श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको र यो कुरा कसैलाई भने मार्नेसम्मको धम्की दिएको फेसबुकमा लेखेकी थिइन् । बिहीवार साँझमात्र पीडित पक्षले जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























