देश/प्रदेश
दुर्घटनामा ५ जनाको मृत्यु भएपछि सम्पूर्ण कार्यालय र शैक्षिक संस्थामा शोक बिदा
०

काठमाडौँ, असार ८-
जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ।
वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ को एक जनाको मृत्यु भएपछि सम्पूर्ण कार्यालय र शैक्षिक संस्था बन्द रहने गाउँपालिकाले जानकारी दिएको हो।
दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटना राति करिब साढे १२ बजे भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























