राजनीति
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक
०

काठमाडौं,असार ८-
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।
उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनको, श्रीमान्, दुई छोरा र दुई छोरी छन् । दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन् ।
दिव्यश्वरीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























