देश/प्रदेश

मेयर बालेनलाई सरकारको जवाफ– ‘स्टन्ट’ भन्दा क्षेत्राधिकार बुझ्नुपर्छ

०
Banner

काठमाडौं, असार ६-

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दी चलचित्र चल्न नदिने भनेपछि त्यसबारेमा चौतर्फी बहस भइरहेको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’मा सीता भारतको छोरी भनिएको भन्दै उक्त संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न नदिने मेयर बालेन्द्र शाह (बालेन) को अडान छ । यसबारेमा संघ सरकारले प्रतिक्रिया जनाएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर अभिव्यक्ति दिनुपर्ने बताइन् । उनले ‘आदिपुरुष’ का विषयमा सेन्सर बोर्डले काम गरिसकेको भन्दै अरूले ‘स्टन्ट’ गर्न नहुनेमा जोड दिइन् ।

“सबैले आ–आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक रूपले सबै हामी एकै ठाउँ छौँ । सीता नेपालको छोरी हुन् भन्ने कुरामा हामी कसैको दुई मत छैन । त्यो हटाइसकेको छ । अरू कुरामा सबैले आ–आफ्नो क्षेत्राधिकार बझ्नुपर्छ,” मन्त्री शर्माले भनिन्, “स्टन्ट र भावना मनोविज्ञानमा खेल्नेभन्दा पनि दीर्घकालीन समाधानको सोचमा जानुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालबाट हाम्रो कुरा अघि बढाइसकेका छौँ ।”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>