देश/प्रदेश

७० वर्षे उमेरहद उपयोगी नभएकोले हटाउने निर्णय गरियोः ओली

Banner

काठमाडौं, असार २-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहद उपयोगी नभएकाले हटाएको बताएका छन् ।

७० वर्ष माथिकोले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको भनाइ हो ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>