राजनीति

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता, समाजवादी मोर्चा निर्माणबारे छलफल

०
Banner

काठमाडौं, असार १-

नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा घोषणा हुन लागेको सन्दर्भमा भट्टराई-प्रचण्ड भेटवार्ता भएको हो ।

शुक्रबार बिहान भएको भेटमा प्रस्तावित समाजवादी मोर्चा, भारत भ्रमण, संघीय बजेट, शान्ति प्रक्रियाका बाँकी काम लगायतका विविध विषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो,’ भेटपछि डा। भट्टराईले एक ट्वीट सन्देशमा लेखेका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डसँग वृहद् समाजवादी मोर्चा निर्माणबारे विस्तृतमा छलफल भएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>