देश/प्रदेश

पत्नी आरजुलाई लिएर सिंगापुर गए कांग्रेस सभापति देउवा

Banner

काठमाडौं, जेठ ३१–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गरेका छन्। गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्। उनी २/२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ।

उनीहरू करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>