देश/प्रदेश
आलु र प्याजमा भ्याट लगाइएकोबारे अर्थमन्त्रीको जवाफ-आन्तरिक उत्पादनमा लाग्दैन
०

काठमाडौं, जेठ २९-
अर्थमन्त्री प्रकाशशरण महतले नेपालभित्रै उत्पादन गरिएको आलु र प्याजमा भ्याट नलाग्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा प्याज र आलुमा भ्याट लगाइएकोबारे सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री महतले नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि भ्याट लगाइएको बताएका हुन्।
उनले सरकारले भनेको भ्याट आयातित उत्पादनमा मात्र लाउने उनले बताए।
‘५० लाख भन्दा कम कारोबार हुने पसल छ ती कतैपनि भ्याट लाग्दैन,’ उनले भने, ‘आन्तरिक उत्पादनमा भ्याट लाग्दैन । बाहिरबाट आयातित छ भने त्यसमा मात्र लाग्छ,’ संसदमा अर्थमन्त्रीले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























