देश/प्रदेश

त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित ६३ वर्षीया जर्मन नागरिक पक्राउ

Banner

काठमाडौं, जेठ २९-

त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ परेका छन् ।

आज (सोमबार) बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई करिब ७ किलो चरेससहित विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरी स्रोतले बतायो ।

प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>