राजनीति

माधव नेपालले भने–बजेट नसच्याए सरकार दुर्घटनामा जान्छ

Banner

काठमाडौं, जेठ २९–

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताएका हुन् ।

‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ’ अध्यक्ष नेपालले भने, ‘सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठीक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।’

नेता नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकारले लचकता देखाउनुपर्ने बताए । ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं । यो सरकार ढल्न दिनुहुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>