राजनीति

प्रचण्डविरूद्ध युद्ध अपराधमा मुद्दा दर्ता भएपछि ज्ञानेन्द्र शाहीले भनेः प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

Banner

काठमाडौं, जेठ २८-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध युद्ध अपराधमा मुद्दा दर्ता भएको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा आइतबार बजेटमाथिको छलफलपछि बोल्दै उनले प्रचण्ड प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने तर्क गर्दै राजीनामा दिनुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा हाजिर हुन भनेर तारेख पर्चा पनि काटिसकेको छ। म यहाँ सोध्न चाहन्छु– ३० गते प्रधानमन्त्री अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएररु युद्ध अपराधको मुद्दामा अदालतमा जाने कुरा.. यो देशले अपराध गरेको होइनरु,’ उलने भने, ‘व्यक्तिले गरेको होरु त्यो भएर, म सम्मानीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन।’

यो एउटा मुद्दा मात्र नभएको उनले बताए। युद्ध अपराधजस्तो मुद्दा अदालतले दर्ता गरिसकेपछि यो पदमा बसिरहनु उचित नहुने उनले बताए।

‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरी यी कुराहरू राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई एकोहोरो गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँले बोलेको कुरा रेकर्डबाट हटाइयोस्,’ उनले माग गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>