राजनीति

गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैनः प्रमुख सचेतक गिरी

Banner

काठमाडौं,जेठ २८-

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पार्टी आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताए ।

यो गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतमन्त्र ओरालो लागेको बताए। उनले गठबन्धन जनताको लागि नभएर विचौलीयाको लागि मात्रै बनेको जिकिर गरे । उनले भने, ‘अहिले पनि गतवर्षझैं करको दर हेरफेर भएको कुरा आयो । तर, त्यसमा हामीले प्रश्न उठाएपछि अर्थमन्त्रीबाट जवाफ पनि आयो । त्यसको लगत्तै सत्तापक्षका माननीयहरुले भन्नुभयो। एमालेतर्फ लक्षित गरेर हामीले कुनै कर्मचारी नियुक्ति गरेको होइनौं । कसले गरेको थियो रु भनेर हामीमाथि प्रश्न पनि गरियो ।’

उनले एमालेलक्षित गरेर जनतामा भ्रम पार्न खाजेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘हामी गठबन्धनको सरकारबाट फागुनको १५ गते हट्यौं । फागुनको १९ गते अहिलेको गठबन्धन सरकारले नियुक्ति दिने निर्णय गरेको छ । फागुनको २३ गते नियुक्तिपत्र थमाइएको छ । अनि एमालेतिर लक्षित गरेर जनतामा कुप्रचार हुन्छन् । त्यस्तो काममा हाम्रो गम्भिर आपत्ति छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>