राजनीति

माओवादी सांसदले भने– बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट भएनछ

Banner

काठमाडौं, जेठ २८-

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले अघि सारेको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटै नभएजस्तो अनभूति हुन पुगेको बताए।

‘सरकाले बजेट सदनमा पेश गरेको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्दा मेल खाएजस्तो लाग्दैन। सायद प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट भएन कि भन्ने अनुभूति भइरहेको छ। नीति तथा कार्यक्रम एकातिर छ, बजेट केन्द्रित अर्कोतिर भएको मैले यहाँ अनुभूति गरेको छु,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>