देश/प्रदेश
प्रधानमन्त्रीमा २०५२ तिरै यस्तो चिन्तन आएको भए कस्तो हुन्थ्यो होला ?
०

काठमाडौं, जेठ २८-
शनिवार मन्त्रीहरूसहित पशुपतिनाथ पुगेर प्रधानमन्त्री प्रचण्डप्रचण्ड दर्शन गरेपछि नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथी प्रश्न उठाएका छन् ।
उनले प्रश्न गर्दै ट्विटरमा लेखेका छन्, ‘प्रम प्रचण्डले मन्त्रीहरू सहित पशुपतिनाथको दर्शन गर्नुभएछ। यस्तो चिन्तन उहाँमा २०५२ साल तिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ? प्रमले भारतको इन्दौरमा गेरूवस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो ? ’
उनले प्रधानमन्त्रीले भारतको इन्दौरमा गेरूवस्त्र लगाई पूजा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो ? भन्दै प्रश्न गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























