खेलकुद

चितवनलाई ‘पाल्पा गोल्ड कप’ को उपाधि

Banner

रुपन्देही, जेठ २८-

सेन्ट्रल कलेज रोड्स चितवनले बिक्की चाम्लिङ राइको २ गोल मद्दतले कर्णेल उजिरसिंह ‘पाल्पा गोल्ड कप’ को उपाधि सहजै जितेको छ । शनिबार सम्पन्न फाइनलमा होराइजन फुटबल क्लब वालिङ स्याङ्जाले निर्धारित समयमा गोल गर्न नसक्दा रोड्स चितवनले २–० गोलले गोल्ड कप जितेको हो ।

तानसेन टुँडिखेलमा भएको खेलमा पहिलो हाफको ३ मिनेटमा रोड्स रामपुर चितवनका राईले पहिलो गोल गरे । रक्षात्मक खेलेको वालिङका सौगात गुरुङले फल गरेपछि पेनाल्टी पाएको चितवनका राईले ४७ मिनेटमा गोल थपेर टिमलाई २–० को बलियो स्थितिमा पुराए ।

फाइनलमा रोड्स चितवनका अमृत गुरुङ म्यान अफ द म्याच भए । उनले नगद ३ हजार नगद पुरस्कार पाए । फाइनल जितेसँगै रोड्स चितवनले नगद ३ लाख, पाल्पाली करुवा ट्रफि, मेडल र प्रमाणपत्र पाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>