राजनीति

२०८४ को चुनावमा कसैसँग तालमेल नगरी एकल बहुमत ल्याउने योजनामा छौंः शंकर पोखरेल

Banner

काठमाडौं, जेठ २८-

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८४ को चुनावमा एमाले एकल बहुमत ल्याउने योजनामा रहेको जानकारी दिएका छन् । पोखरेलले अबको चुनावमा कसैसँग तालमेल, सहकार्य नगरी पार्टीले एकल बहुमत ल्याउने तयारी थालेको बताएका हुन्।

‘केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि बढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ। त्यसले जिल्ला बाहिरवाट जानुहुने इन्चार्जलाई काममा अनुकूलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरूलाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने सन्दर्भमा योजना बनेको छ। अब यथाशीघ्र तोकिए अनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्छ,’ उनले भनेका छन्।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>