देश/प्रदेश

कारसँग स्कुटर ठोक्किँदा एकै परिवारका चार नेपालीको मृत्यु

Banner

कञ्चनपुर,जेठ २८-

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासानजिकै पर्ने खटिमा चकरपुरमा सडक दुर्घटनामा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। खटिमाको मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारी नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो।

उनीहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ गरेर फर्किरहेका थिए। त्यस क्रममा तीव्र गतिको कारसँग चकरपुरमा उनीहरू सवार दुई स्कुटर ठोक्किएका थिए। दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा ज्यान गुमाएका चन्द परिवारको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पनि घर छ। उल्टाखाममा मृतक नेमबहादुरका दाइ तेजबहादुर बस्ने गरेका छन्। ‘उहाँहरू कामको शिलशिलामा खटिमामा बस्थे, उल्टाखाममा पनि जमिन छ,’ भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष उत्तमप्रसाद भट्टले भने, ‘कहिले काही उल्टाखाम आउजाउ गरिरहन्थे।’

एकै परिवारका चार जनाको मृत्यु भएपछि चन्द परिवार शोकमग्न छ। मृतक नेमबहादुरका छोरा ललितको पनि अघिल्लो वर्ष सडक दुर्घटनामा परेर मृत्यु भएको थियो। नेमबहादुरका छोराहरू दीपक र प्रेम अहिले भारतको चेन्नाइमा कम्पनीमा काम गर्छन्। घटनाबारे जानकारी पाएपछि उनीहरू खटिमा फर्किरहेका छन्।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। छोराहरू खटिमा पुगेपछि हिन्दु परम्पराअनुसार शारदा घाटामा अन्तिम संस्कार गरिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>