नवलपुर

गर्मी छल्न गैडाकोट ३ स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता

Banner

गैडाकोट,जेठ २८-

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

नदीमा डुबेर गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका एक पुरुष र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका अर्का एक पुरुष रहेका छन् । गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।

बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>