राजनीति

आरजुको गुनासोः मिडियामा गाली गरेर नेता बन्ने संस्कृति विकास भएकोले राजनीति चुनौतिपूर्ण भयो

Banner

काठमाडौं,जेठ २६- 

नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थालेको गुनासो गरेकी छन् । स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाले जनता पनि लहलहैमा लागेर भोट हाल्न थालेकाले गालीको राजनीति बलियो बनेको बताइन् ।

राणाको भनाइ थियो-आज हामी केन्द्रदेखि सातै प्रदेशको सरकारमा छौं । स्थानीय तहमा पनि ठूलो पार्टी भएका छौं । तर अगाडिका दिनहरु चुनौतिपूर्ण देखिदैछन् । जस्तो किसिमको एउटा लहलहैमा लागेर जनताले भोट हाल्छन् । मिडियाबाजी र सोसल मिडियाका कारण हामीले गरेका कामहरु ओझेलमा परे र गालीको भरमा राजनीति अघि बढ्न थाल्यो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>