देश/प्रदेश
तराईमा गर्मी बढ्दा पहाडका केही क्षेत्रमा वर्षा र अनारमनीमा सबैभन्दा बढी
०

काठमाडौँ, जेठ २६-
तराईका विभिन्न क्षेत्रमा गर्मी बढ्दा पहाडका केही क्षेत्रमा भने वर्षा पनि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा ४० वटा केन्द्रहरुमा वर्षा मापन भएको छ ।
तीमध्ये सबैभन्दा बढी ६३.२ मिलिमिटर वर्षा झापाको अनारमनी विर्ता केन्द्रमा भएको छ । विभागले मानव सञ्चालित ७६ र स्वचालित १९६ केन्द्रहरुमा वर्षा मापन गर्दछ ।
तीमध्ये ७ वटा केन्द्रहरुमा १० मि.मि.भन्दा बढी, ४ वटा केन्द्रहरुमा २५ मिलिमिटर भन्दा बढी र एउटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























