राजनीति

घूस नखुवाइ कामै नहुने भ्रष्टाचारको नांगो रूप देखिन थाल्योः माधव नेपाल

Banner

काठमाडौं, जेठ २६-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेजस्ता भ्रष्टाचारको नांगो रूप देखिन थालेको भन्दै यसविरूद्ध लाग्नुपर्ने बताएका छन्।

पार्टी निकट समाजवादी प्रेस संगठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पैसा नदिई (घूस नखुवाइ) कामै नहुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

‘भ्रष्टाचारी, शोषक, पुँजीवादी, दलाल हाबी हुने स्थिति बनेको छ। बिना पैसा काम नै हुँदैन। मिटरब्याजपीडितहरूको क्रन्दन छ, यी सबैविरूद्ध लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘भ्रष्टाचारकाविरूद्ध पत्रकारहरूको कलम अझै सशक्त हुनुपर्ने भएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>